अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ५ गते।
दाङको घोराही उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डिसी निर्वाचित भएका हुन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादीका हेमराज शर्मा पोख्रेललाई ५ हजार ३६९ मतान्तरले पराजित गर्दै चौधरी घोराही उपमहानगरपालिका प्रमुख निर्वाचित भएका हुन् । उनले ३१ हजार ७२८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी शर्मा २६ हजार ३६८ मत ल्याए ।
उपप्रमुखमा हुमाकुमारीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेका भुपबहादुर डाँगी क्षेत्रीलाई पराजित गरिन् ।