अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १९ गते।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
आइतबार पेस गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ ।
मङ्गलवारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।