मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १९ गते।

मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ ।

प्रदेशसभा सचिवालयले ५१ दिनपछि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले आठौं अधिवेशन अन्त्य भई आजदेखि बजेट अधिवेशन सुरु हुने जानकारी दिए ।

उनका अनुसार ९ औं अधिवेशनको पहिलो बैठकमा तीनवटा कार्य सूची राखिएको छ । सभामुख सरोजकुमार यादवले बजेट अधिवेशन सुरु भएको पत्र पढेर सुनाउने, नीति तथा कार्यक्रमको समय तालिकाबारे जानकारी गराउने र अन्तिममा एउटा शोक प्रस्ताव गर्ने कार्य सूची राखिएको छ ।

मधेस प्रदेशका पूर्व मन्त्री डिम्पल कुमारी झाको शोक प्रस्ताव गरिनेछ । वैशाख ११ गते क्यान्सरबाट उनको निधन भएको थियो ।

यही २१ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *