विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १९ गते।

विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ ।

चालकसहित ट्याक्टर र सामान आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *