मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २२ गते।

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ ।

प्रदेशसभा सचिवालयमा बेलुका ४ बजे प्रदेश प्रमुख हरि शंकर मिश्रले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रम मन्त्री परिषद्को निर्णयले शनिबार स्वीकृत भइसकेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भए पश्चात् आगामी असार १ गते सरकारले बजेट प्रदेश सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *