अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ २२ गते।
बंगलादेशमा एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । करिव १०० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।
अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए ।
घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ ।