नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ३० गते।

आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो ।

सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *