विपद प्रतिकार्यका लागि तयारी अवस्था रहन मुख्यमन्त्री राउतको निर्देशन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १७ गते।

मुख्यमन्त्री लालबाबु राउतले बाढी बाट हुन सक्ने जनधनको क्षति न्युनिकरणको लागि तयारी अवस्थामा बस्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनु भएको छ ।

मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा बन्दिपुर स्थित कमला व्यारेजमा आयोजित प्रदेश स्तरीय विपद व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गर्नु हुँदै मुख्यमन्त्री राउतले सुरक्षा निकायहरुले विपद प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको भन्दै सो निर्देशन दिनु भएको हो ।

उहाँले भन्नु भयो ,‘ हाम्रो तयारी राम्रो छ , तसर्थ विपदको समयमा हुन सक्ने जनधनको क्षति न्युनिकरणका लागि व्यवहारमा लागु गर्नए तयारी अवस्थामा बस्नु पर्दछ ।

प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेश प्रदेशमा विपद न्युनिकरणको लागी तीनै तहका सरकारहरु बीच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा मुख्यमन्त्री राउतको जोड थियो । बाढी बाट वर्षेनी जोखिममा पर्दै आएको क्षेत्रको पहिचान अहिले नै गर्नु पर्ने उल्लेख गर्नु हुँदै  मुख्यमन्त्री राउतले जोखिम न्युनिकरणको लागी गर्नु पर्ने पूर्व तयारीमा कुनै कसर बाँकी  नराख्न निर्देशन समेत दिनु भयो ।

उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वाढीबाट जनधनको क्षति न्युनिकरणका लागी गरिने प्रयासहरु बारे विभिन्न नमूनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाका नं. २७ बाहिनीका बाहिनी पति भरत जंग गुरुङ्ग, गृह तथा संचार मन्त्री भरत प्रसाद साह लगायत विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरु, सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *