अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २९ गते।
उपसभामुख चयनका लागि ३१ गते निर्वाचन हुने भएको छ ।
सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् ।
सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख चयनबारे सूचना प्रकाशित गर्न समेत निर्देशन दिएका छन् ।