प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३१ गते।

पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् ।

शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा  १४८ मत परेको थियो ।

९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए ।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *