अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २ गते।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् ।
कैद माफीमा पाउनेहरुलाई असल चालचलनको आधारमा बाँकी कैद माफी दिइएको छ । यसरी कैदी जीवन बाँकी रहे पनि कैद माफी पाउनेहरु कुल ६६१ जना रहेका छन् । उनीहरुलाई भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा राष्ट्रपतिले गरेकी छन् । यी सबै भोलि असोज ३ गते छुट्नेछन् ।