आज थपिए ५९ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ५१ हजार ३१ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २ गते।

आज पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ३१ पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८५ हजार ३९५ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *