अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २ गते।
एएफसी यू-२० एसियन कप छनोटमा नेपाल आज बंगलादेशसंग खेल्दै छ ।
नेपाल र बंगलादेशबीचको खेल शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।