अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १ गते।
आज मध्यरातिदेखि भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।
अत्यावस्यक अवस्थाबाहेकमा आवतजावत बन्द हुनेछ ।
चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।