अनलाईन न्युजपाटी ,सर्लाही,समाचारदाता,मंसिर १ गते।
डेढ क्वीन्टल लागू औषध गाँजा सर्लाहीबाट सशस्त्र प्रहरीले बरामद गरेको हो।
सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियास्थित गंगा पेट्रोल पम्पमा बेवारिसे अवस्थामा रोकी राखिएको ट्रकबाट सशस्त्र प्रहरीले २२० के.जी गाँजा बरामद गरेको हो।
बागमती प्रदेश ३०१-००६ ख १७०४ नम्बरको टाटा ६ चक्के ट्रकमा पानीको ८० कार्टुनभित्र लुकाइछिपाई भारततर्फ लैजान लागेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिको हो।
नियन्त्रणमा लिइएको ट्रकलाई प्रतिबन्धित लागू औषध गाँजासहित सशस्त्र प्रहरी बलले आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ।