आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १ गते।

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदै छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि  आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘मतदान केन्द्र रहेको घर, भवन वा सो वरिपरीको स्थानलाई असर पार्ने गरी त्यसको वरिपरी कुनै निजी, सार्वजनिक घर वा जग्गामा शान्ति भंग गर्न वा भय सृजना गरी निर्वाचनको वातावरण विथोल्ने कार्य गर्न पाईदैन । मतदान स्थलको वरीपरी साउण्ड सिष्टम राख्ने, त्यसलाई ठूलो स्वरमा बझाउने वा त्यस्ता खालका गतिविधि गर्न पाइदैन  र, मतदान स्थलको वरिपरी बाजागाजा बझाउने, नाचगान गर्ने, सार्वजनिक भोज गर्ने, जुलुस प्रर्दशन गर्ने वा जुनसुकै किसिमको सभा र समारोह गरेर, हुलहुज्जत गर्न वा होहल्ला गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।’

उनले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *