दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले युएईलाई ३ विकेटले हरायो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक ३० गते।

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।

यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक ३७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ३५ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिले ३२ तथा आरिफ शेखले ३३ रन बनाए । यूएईका लागि रोहन मुस्तफाले तीन विकेट लिए । त्यस्तै साविर अलीले दुई विकेट लिँदा बसिल हामेदले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । यूएईका लागि मोहमद वसिमले ५० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *