निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ४ गते।

आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिएका हुन् ।

आज  बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान शुरु भएको छ । उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए ।

उनले भने, ‘सबैले मत हालौँ । अहिलेसम्मको सुरक्षा, व्यवस्था, मतदान केन्द्रमा गरिएको सम्पूर्ण व्यवस्था चुस्त बनाइएको छ । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न हुन्छ । ७० प्रतिशत भन्दा बढी मतदान हुन्छ भन्नेमा हामी ढुक्क छौँ । आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *