अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ४ गते।
नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्ने छ ।
बैठकमा उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलबारे अध्यक्ष नेपालले जानकारीसमेत गराउने एक नेताले जानकारी दिए ।