अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ४ गते।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण पुस ७ गते हुने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।
शपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन सचिवालयलाई निम्तो दिइएको छ।
शपथ ग्रहणका लागि सांसदहरूलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ ।
संघीय संसद् प्रतिनिधि सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै संघीय संसद् सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ ।