अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ११ गते।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
स्रोतका अनुसार राष्ट्रपतिले प्रचण्डलाई आज सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् ।
यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।