अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ११ गते।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् ।
मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको बताउँदै यो मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।