अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ११ गते।
शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
देउवाले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आज सोमबार सपथ लिँदै छन् ।