अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस ११ गते।
मधेश प्रदेशका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ ।
सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकबाट पुस १५ गते दिनको २ बजे सपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए ।
सचिव यादवका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन्।