ए डिभिजन लिगअन्तर्गत आज नवौं चरणको अन्तिम खेल हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ३ गते।  

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज नवौं चरणको अन्तिम खेल हुँदै छ।

आज दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

अहिलेसम्म लिगमा एनआरटीले ८ मध्ये २ खेलमा जित र ४ खेलमा बराबरीसहित १० अंक हात पारेको छ।

त्यस्तै जावलाखेलले २ खेलमा जित र २ मा बराबरीसहित ८ अंक जोडेको छ। नवौं चरणमा च्यासल र पुलिसबीचको खेल भने च्यासलका खेलाडीहरुमा कोरोना संक्रमण देखिएसँगै स्थगित भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *