विश्वकप क्रिकेट फाइनलमा इंग्ल्याण्डलाई हराउँदै भारत पाँचौं पटक च्याम्पियन

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता,माघ २३ गते।

राज बावा र रवि कुमारको उत्कृष्ट बलिङ र त्यसपछि उपकप्तान शेख रसिद, अलराउन्डर राज बाबा र निशान सिन्धुको बलियो ब्याटिङमा भारतले यु–१९ विश्वकप मा इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १८९ रन बनाएको थियो । जवाफमा भारतका उपकप्तान राशिद र निशान्त सिन्धुको अर्धशतकको मद्दतले भारतले इंग्ल्याण्डलाई चार विकेटले पराजित गरेको थियो ।

इंग्ल्याण्डको २४ वर्षपछि यु–१९ विश्वकप जित्ने सपना पूरा हुन सकेन र यश धुल यू–१९ विश्वकप ट्रफीमा भारतको नाम अंकित गर्ने पाँचौं भारतीय कप्तान बने ।

यश धुलअघि विराट कोहली, मोहम्मद कैफ, उन्मुक्त चन्द र पृथ्वी शाले पनि भारतका लागि यू–१९ क्रिकेट विश्वकप जितेका छन् ।सर भिभियन रिचर्ड्स क्रिकेट स्टेडियम इङ्ल्यान्डमा खेलिएको फाइनलमा पनि भारतीय इनिङ्सको सुरुवात राम्रो हुन सकेन र पहिलो विकेट शून्यमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *