अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २८ गते।
साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ।
सहभागि हुने नेपाली महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमबीच विदाई गरेको छ।
तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दैछन्।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ। नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।
यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दो मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।