अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २८ गते।
मिथिला मध्यमा परिक्रमा आज धनुषाधाम पुग्ने भएका छन् ।
विहीबार कञ्चनवनमा होरी उत्सव मनाइ शुक्रबार पर्वतामा विश्राम गरेका यात्रीहरु शनिवार धनुषाधाम पुग्ने भएका छन् ।
प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवत सुरु हुने परिक्रमामा सयौं भक्तजनहरू सहभागी हुने गर्दछन् । परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइ अन्तगृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने गरेको छ ।