रौतहटबाट स्रोत नखुलेको करिब पौने १९ लाख रकम सहित भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,फाल्गुन २८ गते।

रौतहटबाट स्रोत नखुलेको करिब पौने १९ लाख रकम सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ल्ला महंगुआ ग्राम पंचायत २ का ४५ वर्षीय दिप नारायण प्रसाद रहेको सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी, बर्दिबासले जनाएको छ ।

पक्राउ परेका व्यक्तिले मोटरसाइकलको टुलबक्स, साइटबक्स, हेलमेटमा सो रकम लुकाएर ल्याएको उनले बताए ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा अवैघ रुपमा ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएकोमा मोटरसाइकलको एक लाख मुल्यांकन सहित सहित थप कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *