अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २७ गते।
मिथिला मध्यमा परिक्रमा आज पर्वता पुग्ने भएको छ ।
धनुषाको कचुरीको मिथिला बिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोलाको नेतृत्वमा सुरु भएको मिथिला मध्यमा परिक्रमाका यात्रुहरु हनुमान नगर, भारतको कल्याणेश्वर, फूलहर, गिरिजा स्थान हुदैँ शनिबार महोत्तरीको मटिहानी, जलेश्वर, मडै हुँदै बुधबार ध्रुबकुण्ड पुगेका थिए ।भने विहीबार कञ्चनवनमा विश्राम गरेर शुक्रबार धनुषाको पर्वता ,धनुषाधाम, सतोषर, औरहीमा राति विश्राम गरी पुनः भारतको विशौल, करुणा हुँदै पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुरधाम आइपुगेर भोलिपल्ट अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा विधिवत् रुपमा सम्पन्न हुनेछ ।
मिथिला परिक्रमामा सहभागीहरुले नेपालको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर लामो बाटो तय गर्दै नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्रीवास गरी बिहानै यात्रा प्रारम्भ गर्ने चलन रहेको छ ।