आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल यूएईसँग खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ७ गते।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल यूएईसँग खेल्दै छ।

यूएईको दुबईस्थित क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ।

गत शुक्रबार भएको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो। नेपालले यसअघि पीएनजीसँग २ विकेटको जित हात पारेको थियो।

लिगमा सबैभन्दा कम खेल खेलेको नेपालले १० खेलबाट १० अंक बनाएको छ। ७ टोली सम्मिलित लिगको नेपाल छैटौं स्थानमा छ।

नेपालले मंगलबार पीएनजीसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *