टी–२० अन्तर्गत आज नेपाल आफ्नो तेस्रो खेलमा पीएनजीसँग खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १७ गते।

टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा पीएनजीमाथि १५ रनको जित हात पारेको थियो।

शृङ्खलामा नेपालले २ खेल जितिसकेको छ भने पीएनजीले दुवै खेल हारेको छ। नेपालले बुधबार भएको खेलमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो।

नेपालले शनिबार मलेसियासँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *