आईपीएलमा २०२२ चेन्नईले पहिलो जित

अनलाईन न्युजपाटी एजेंसी,समाचारदाता,चैत्र ३० गते।

आईपीएलमा२०२२ मंगलबार राति भएको खेलमा चेन्नईले पहिलो जित हासिल गरेको छ । शिवम दुबेको अविजित ९५ र रोबिन उथप्पाले ८८ रन बनाउनुका साथै महीश थीकशानाले चार विकेट लिँदा चेन्नईले आईपीएलमा पहिलो जित हासिल गरेको हो । चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराएको हो ।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१६ रन बनाएको थियो । २१७ रनको लक्ष्य पछ्याएको बैंगलोरले ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो ।

लगातार पहिलो चार खेलमा पराजित चेन्नईको यो पहिलो जित हो । जितसँगै चेन्नईले दुई अंक जोडेको छ भने बैंगलोरको भने दोस्रो हार हो । बैंगलोर ६ अंकका साथ पाँचौं स्थानमा छ ।

आईपीएलमा आज मुम्बई इन्डियनस र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईले खेलेका चारै खेल हारेको छ भने पञ्जाबले दुई खेलमा जित र दुई खेलमा पराजय भोगेको छ । चार अंक जोडेको पञ्जाब सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *