अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख १५ गते।
आईपीएलमा बुधबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो।
हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको गुजरातले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
गुजरातका ओपनर्स रिद्धिमान साहले ६८ र शुभमन गिलले २२ रन बनाए । यस्तै डेभिड मिलरले १७ रन योगदान गरे । राशिद खानले ११ बलमा ३१ रन र राहुल टेविटियाले २१ बलमा ४० रन बनाए । दुवै खेलाडीले छैटौं विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे ।
हैदरावादको तर्फबाट उमराम मलिकको बलिङ उत्कृष्ट रह्यो । उनी एक्लैले गुजरातका आधा खेलाडीलाई पवेलियन फर्काइदिए । २५ रन दिएर ५ विकेट लिएका उनी म्यान अफ द म्याच चुनिए ।
यस खेलपछि ८ खेलबाट १४ अंकका साथ गुजरात शीर्ष स्थानमा कायम छ । ८ खेल नै खेलेको हैदरावाद १२ अंकका साथ दोस्रो स्थानमा छ ।