आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २ गते।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।

जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४७.४ ओभरमा २ सय ६ रनमा अल आउट भयो । नेपालका आरिफ शेखले सर्वाधिक ६३ रन जोडे । उनले ७६ बलमा ३ चौका प्रहार गरेका थिए ।

सोमपाल कामी ४७ रन, आसिफ शेखले १८ रन, रोहित पौडेलले १६ रन, दीपेन्द्रसिंह ऐरीले ७ रनमा मात्रै जोडे । करण केसी भने एक रनमा बोल्ड आउट भए । अमेरिका लागि सौरभ नेत्रवालकर र अली खानले ३-३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । अमेरिका गजानन्द सिंहले ६० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । सुशान्त मोदानीले ८३ बलमा ७ चौकासहित ५४ रनको योगदान दिए ।

नेपाल अमेरिका भ्रमणमा पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग खेल टाइ भएको थियो । तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *