अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ १६ गते।
भारतले हङकङलाई ४० रनले हराउँदै एसिया कपको सुपर चारमा पुगेको छ।
भारतले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो।
भारतका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए । बलिङतर्फ भारतका लागि भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले । यादवले ६८ रन बनाउँदा कोहलीले ५९ रनको योगदान गरे । त्यस्तै केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए । बलिङतर्फ हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान एक/एक विकेट लिए ।