अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २ गते।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेलहरु हुँदै छ ।
पहिलो खेलमा स्कटल्याण्ड र आयरल्याण्ड खेल्दै छन् । खेल नेपाली समय अनुसार बिहान पौने १० बजे सुरू हुनेछ ।
आज नै हुने दोस्रो खेलमा वेस्ट इण्डिज र जिम्बाबे खेल्दै छन् । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुनेछ ।