फिफा विश्वकप फुटबलमा आज चार खेलहरु हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १६ गते।

फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरू हुँदैछन् ।

विश्वकपमा शुक्रबार समूह ‘एच’ र समूह ‘जी’ को दुई दुई खेलहरू हुनेछन् ।
समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ ।

यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुवै खेल राति १२:४५ बजे सुरु हुनेछ ।

यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *