अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २५ गते।
फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको ।
खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।
त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।
अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।