चितवनमा पुस २९ गतेदेखि माघ ९ गतेसम्म खिचरा महोत्सव हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २५ गते।

चितवनमा पुस २९ गतेदेखि माघ ९ गतेसम्म खिचरा महोत्सव हुने भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको हो ।

महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यसवर्ष आकर्षणहरु थप गरिएको बताए। उनले सीमान्तकृत जनजातिको मौलिक भेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए ।

महोत्सवमा अन्य आकर्षणको रुपमा हरेक दिन थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषभूषा सहितको साँस्कृतिक प्रस्तुति, थारु विशेष खानाका प्रदर्शनी कक्ष, थारु लगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक प्रदर्शनी, बाल उद्यान, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारु २०२२ का प्रतिस्पर्धीहरुद्वारा नेपालभरिकै थारु पहिरनहरुको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारु विशेष साँस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारु ब्रम्हथान परिसरलगायत रहेका छन् । महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *