अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २५ गते।
काठमाडौंबाट स्रोत नखुलेको ३५ लाख नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
टोखा नगरपालिका-१० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र पोखरा महानगरपालिका-१७ का ६१ वर्षीय विश्वकुमार गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए।
बिहीबार दिउँसो चेकिङमा खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा चौधरीको साथबाट ३४ लाख ९७ हजार रुपैयाँ नगद भेटिएको हो।
प्रहरीले ३४ लाख ९७ हजार नगद रुपैयाँसहित स्कुटर नियन्त्रणमा लिएको जनाएको छ।