अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन ७ गते।
पूर्वी युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कारमा बम विष्फोट भएको हो ।
बिष्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ ।
यो विष्फोटबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । यसमा कसको संलग्नता छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।
यद्यपि यही बहानामा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ ।
अहिले कार विष्फोट भएको यो घटनामा रुसले युक्रेन जिम्मेवार रहेको बताउँदै आएको छ । साथै रुस समर्थित समूहको नियन्त्रणमा रहेको क्षेत्रबाट बालबालिका र महिलालाई अन्यत्र पठाउन सुरु गरिएको छ ।
यद्यपि युक्रेनले भने आक्रमणको योजना नरहेको भन्दै रुसको भनाइको खण्डन गरेको छ ।