अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ७ गते।
आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपाल आज फिलिपिन्ससँग खेल्दैछ ।
नेपाली समय अनुसार ११:४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुनेछ।
समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो।
समूहको बलियो टिम ओमानलाई हराएको नेपाल आत्मविश्वासी भएर मैदान छिर्ने छ।
समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।
समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्।