अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन ९ गते।
बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई पाँच वर्षको जेल सजाय भएको छ।
अदालतले उनलाई ६० लाखको जरिवाना पनि गरेको बीबीसीहिन्दीले जनाएको छ।
उनलाई झारखंडको विशेष अदालतले जेल सजाय र जरिवानाको आदेश दिएको हो।
सीबीआईले भ्रष्टाचार तथा घोटालाको विषयमा यादवमाथि अनुसन्धान गरेको थियो। जहाँ यादव दोषी पाइएका हुन्।
फेरि पशु चारा घोटालाको पाँचौ मामिलामा उनी दोषी पाइएका हुन्। उनको सरकारले १३९ करोड रुपैयाँ भारु अवैधानिक रुपमा झिकेको बताइएको छ।