अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख २७ गते।
श्रीलंकामा हिंसात्मक झडप भएका छन् ।
श्रीलङ्कामा भएको हिंसामा सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।
प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए ।
प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमा समेत आगजनी गरेका छन् ।