बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको निधन

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ १८ गते।

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको निधन भएको छ ।

५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *