अनलाईन न्युजपाटी सिरहा,समाचारदाता,जेठ १८ गते।
सिरहामा विवाहको तीन दिनअघि बुवा र छोराको हत्या भएको घटनामा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मृतकका साइँली बुहारी अर्नामा गाउँपालिका घर भई गोलबजार नगरपालिका–४ मा बस्दै आएकी २६ वर्षीया शान्तिदेवी पाल, गोलबजार–४ का ६५ वर्षीय बेचु पाल र अर्नामा–१ महनौरका ४८ वर्षीय जनिफ मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सन्तको विवाह जेठ ११ गतेका लागि तय भएकोमा गाउँकी स्थानीय महिलाहरु गीत गाएर गइसकेपछि छुट्टाछुट्टै कोठामा सुतेका बुवा छोराको टाउको, गर्दन, ढाडलगायतमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
यस घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा दाइजोको विवाद र पारिवारिक रिसइबीका कारण बुवा र छोराको हत्या भएको खुलेको छ ।
उनीहरीमाथि कर्तव्यज्यान मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।