भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ १९ गते।

भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ ।

दुवै देशका अधिकारीले झन्डा फहराएर द्विदेशीय रेल सेवाको सुरुआत गरेका छन्।

भारत–बङ्गलादेश रेलसेवाबाट जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

मिताली एक्सप्रेसको गएको मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा उद्घाटन गरेको थियो तर कोभिड–१९ महामारीका कारण सेवा सुरु हुन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *