जनवरी ५ देखि चीनबाट अमेरिका आउने सबै यात्रुहरूलाई उडान गर्नु अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस १४ गते।

जनवरी ५ देखि लागु हुनेगरी चीनबाट अमेरिका आउने सबै यात्रुहरूलाई उडान गर्नु अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट अमेरिकाले अनिवार्य गरेको छ ।

चीनबाट अमेरिका आउने यात्रुहरूले उडान गर्नु अघि दुई दिन भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । विमानमा चढ्नु अघि यात्रुहरुले एयरलाइन्समा परीक्षणको प्रमाण पेश गर्नुपर्नेछ । पीसीआर परीक्षण वा टेलिहेल्थ सेवा मार्फत प्रशासित आफै परीक्षण गरिएको एन्टिजेन रिपोर्टलाई पनि मान्यता दिइनेछ ।

यो मापदण्ड चीनबाट सिधै अमेरिकामा उडान गर्ने यात्रुहरूका साथै सियोल, टोरन्टो र भ्यानकुभरलगायत लोकप्रिय तेस्रो देशीय गेटवेहरूबाट उडान गर्ने यात्रुहरूमा समेत लागू हुनेछ।

अमेरिकी अधिकारीहरूले कोरोना संक्रमणमा भर्खरको बृद्धिका सन्दर्भमा चीनको पारदर्शिताको अभावको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

जापान र भारतले पनि चीनबाट आउने यात्रुहरूका लागि नयाँ मापदण्डहरु घोषणा गरिसकेका छन् ।

भारतीय अधिकारीहरूले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डका यात्रुहरूले आगमनमा कोभिड १९ परीक्षण नेगेटिभ आएको प्रमाण देखाउनुपर्ने बताएका छन्। पोजेटिभ रिपोर्ट आएमा क्वारेन्टाइनमा पठाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *