अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १९ गते।
कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो।
आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।